काठमाडौं। कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन्। उनि १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।
उनलाई आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो। अलिले घरबाटो सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए । उक्त सूचना पाएपछि बुटवलबाट खटिएको अख्तियारको टोलीले उनलाई कार्यकक्षबाट घुससहित पक्राउ गरेको हो।