काठमाडौं। नेपालमा हाइड्रोजनबाट चल्ने कारमा ग्रिन हाइड्रोजन ‘रिफ्युलिङ’ गर्न सुरु गरिएको छ। काठमाडौं विश्वविद्यालयको परिसरमा स्थापना गरिएको रिफ्युलिङ स्टेशनको परीक्षण सफलपछि कारमा रिफ्युलिङ गर्न सुरु गरिएको हो।
यसलाई अब प्रधानमन्त्रीबाट चाँडै उद्घाटन गर्ने केयूको हाइड्रोजन ल्याब प्रमुख डा। विराज सिंह थापाले जानकारी दिए। उनले ‘रिफ्युलिङ’ गर्न सुरु दिन
देशकै लागि हाइड्रोजन दिवसको रूपमा रहेको समेत बताए।
उनले अब विभिन्न ठाउँमा लगेर हाइड्रोजनबाट चलने कारको प्रर्दशन गर्ने समेत जानकारी दिए। उनले आउन लागेको हाइड्रो एक्स्पोमा समेत हाइड्रोजन कार र रिफ्युलिङ प्रविधिबारे प्रदर्शनी गरिने बताएका छन् ।
काठमाडौँ विश्वविद्यालयले दैनिक ३० देखि ३५ वटा गाडीलाई प्रत्येक दिन रिफ्युल गर्ने सक्ने ग्रिन हाइड्रोजन रिफ्युलिङ स्टेशन सञ्चालनमा ल्याउने गरी डिजाइन गरिरहेको समेत थापाले बताए।