काठमाडौं। आगामी वैशाखमा हुने लगानी सम्मेलनमा बंगलादेशी लगानीकर्तालाई आकर्षित गर्न ढाकामा सेमिनारको आयोजना गरिएको छ। वैशाख १६ र १७ गते नेपालमा गर्न लागिएको लगानी सम्मेलनमा बंगलादेशी लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले बंगलादेशस्थित नेपाली राजदूताबासले ढाकामा सेमिनार आयोजना गरेको हो।
कार्यक्रममा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपालको विद्युत्, भौतिक पूर्वाधार, पर्यटनसहितका सेवा क्षेत्र, औषधिजन्य उद्योग, सूचना–प्रविधि क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । यी क्षेत्रमा लगानी गर्दा मनग्य प्रतिफल प्राप्त हुन् समेत उनले बताए।
कार्यक्रममा बंगलादेशाक ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउन समेत आपसी लगानी अभिवृद्धिले सहयोग पुर्याउने बताए । ऊर्जा क्षेत्रमा बंगलादेशले बढाएको सहकार्यबारे बताउँदै उनले बंगलादेशको बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न दुई देशबिचको सहकार्य महत्त्वपूर्ण हुने बताए ।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृति सुशील भट्टले नेपालमा लगानीका अवसरबारे जानकारी गराएका थिए ।