काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी सेयर भर्ने आज (मंगलबार अन्तिम दिन रहेको छ। सिंगटी हाईड्रो इनर्जीको सर्वसाधारणतर्फको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन चैत २० गते रहेको हो।
आवेदन दिने अन्तिम मिति नजिकिएसँगै बोलपत्र आवेदन फारम पाइने र बुझाउने स्थानमा लगानीकर्ताको भीड लागेको कम्पनीले जनाएको छ । कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता सेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको छ ।
इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्सालबाट, मुक्तिनाथ विकास बैंकको शाखा कार्यलयहरू ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा पोखरा, बेनी, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, महेन्द्रनगर र सिन्धु विकास बैंकको चरिकोट र दोलखा शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।