काठमाडौं। ग्लोबल आइएमई बैंकले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने भएको छ। जर्मन सरकारको स्वामित्वमा रहेको जिआइजेडसँग सहकार्य गरी विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न बुधबार सम्झौता भएको हो।
जिआइजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा ‘मिटिगेशन एक्सन फ्यासिलिटी’को लगानीमा ‘दीर्घकालीन विद्युतीय यातायातका लागि नेपाल’ परियोजना सञ्चालन गरिरहेको छ । ग्लोबल आइएमई बैंकले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो ।
उक्त परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युत्को उपभोगमा वृद्धि भई स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्याउने छ । विद्युतीय सवारी साधनको संख्या वृद्धि भई सर्वसाधारणको पहुँच बिस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा कमी आई वातावरणीय प्रदूषणमा समेत कमी आउने अपेक्षा गरिएको छ ।