काठमाडौं। अर्थसचिव डा.कृष्णहरी पुस्करले बजेट विनियोजनको प्राथमिकतालाई पुनःसंरचना गरी विकासको दिशा नै सच्याउन आवश्यक रहेको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सचिव पुस्करले यस्तो बताएका हुन्।
उनले विगतका बजेट निर्माण गर्दा मुलुकको आवश्यकता र प्राथमिकता भन्दा बाहिर बजेट विनियोजन गर्दा समग्र विकासका परिदृश्यहरु अफ्ठ्यारोमा परेको दाबी गरे। उनले बजेट प्राथमिकताको पुनःसंरचना गरेर विकासको दिशा नै करेक्शन गरी आवश्यक क्षेत्रमा बजेट व्यवस्थापन अहिलेको आवश्यकता रहेको बताउए।