काठमाडौं। लगानी बोर्डले हुवासिन नारायणी सिमेन्टमा लगानी प्रस्तावबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ।
बिहीबार बसेको बोर्डको ५७औँ बैठकले बैठकले चिनियाँ लगानीको हुवासिन नारायणी सिमेन्ट परियोजनामा थप ६ अर्ब ६३ करोड रुपैयाँ लगानीप्रस्तावबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो।
बोर्डका सहसचिवको संयोजकत्वमा गठन गरिएको कार्यदलले लगानी प्रस्तावबारे अध्ययन गरेर १५ दिनभित्र प्रस्ताव पेश गर्नुपर्ने छ।
बैठकले दाङ सिमेन्ट परियोजनाको स्वीकृत सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) अनुसार लगानी रकम फिर्ता लैजान स्वीकृति दिने निर्णय समेत गरेको छ ।
बैठकले काठमाडौँ उपत्यकाको एकीकृत फोहरमैला व्यवस्थापन परयोजना प्याकेज १ का लागि सम्बन्धित स्थानीय तहहरूसँग समझदारीका लागि समन्वय गर्न लगानी बोर्डले नेपवेस्ट प्रालिसँग परियोजना विकास सम्झौता (पिडिए) का लागि प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएको छ ।