काठमाडौं। रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा.डा.पशुपति चौधरी नियुक्त भएका छन्।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा चौधरीलाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो।
त्यसैगरी रामराजा सिंह प्रतिष्ठानको सदस्य पदमा भने सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन्।