चितवन। भरतपुर महानगरपालिकाले समयमा निर्माण कार्य पूरा नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।
महानगरपालिकाले ६ वटा ठेक्का समयमा सम्पन्न नगर्ने ऊर्जा क्रशव जेभी, कास्यप अर्भान जेभी, ऊर्जा मास्ट जेभी र बालाजी निर्माण सेवालाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको हो।
सिफारिस गरिएकामध्ये कास्यप अर्भान जेजीलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको महानगरले जनाएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा महानगरले सिफारिस गरेसँगै कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो स्पष्टीकरण नआए ६ महिनादेखि ३ वर्षसम्म कालोसूचीमा राख्ने जनाइएको छ ।