काठमाडौं। जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाइ गरेका छन्।
आजै जुगल हिमालतर्फ जान हिँडेको तीन नेपाली र सात जना कोरियाली नागरिक सहभागी टिमलाई प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरी बिदाइ गरेका हुन्।
सिन्धुपाल्चोक जिल्लास्थित जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबिच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा गर्न लागिएको हो । जुगल काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमालसमेत हो ।
सङ्घका महासचिव मोहन लम्सालले जुगल हिमाल आरोहणको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले पर्यटन कूटनीतिसँग पनि जोडिएकाले यो आरोहणलाई निकै महत्वका साथ हेरिएको उल्लेख गरे ।