पोखरा। पूर्व नवलपरासीको कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको अभियोगमा संचालक समिति अध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।
सहकारीका वर्तमान अध्यक्ष गोपी शर्मा भुसाल, शिवलाल लामिछाने र नगेन्द्रबाबु रिमाल पक्राउ परेका हुन् । सहकारीका पूर्वअध्यक्ष तथा व्यवस्थापक योगेन्द्र पाण्डे तीनदिन अघि पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लामिछानेलाई शनिबार बाँकेबाट र रिमाललाई आइतबार बदिर्याबाट पक्राउ गरिएको हो। रिमाल चितवनमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । हाल यो सहकारी बन्द छ । रिमालले छिपछिपे सहकारीबाट रकम लिएको अनुसन्धानमा देखिएको छ।