काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि पाँच जनाको नाम छनोट गरिएको छ । चैत २५ गते बसेको सिफारिस समितिको बैठकले आवेदन दिएका १९ जनामध्येबाट पाँच जनाको नाम छनोट गरेको हो ।
सिफारिस समितिको छनोटमा बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से(का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, साविक बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाई र सन्तोष श्रेष्ठ छन् ।