काठमाडौं। सरकारले ठूला आयोजना कार्यान्वयन अनुगमन तथा सहजीकरण निर्देशिका २०८० लाई स्वीकृत गर्ने भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले ठूला आयोजना कार्यान्वयन अनुगमन तथा सहजीकरण निर्देशिका, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले नेपाल खानेपानी संस्थापन कर्मचारी सेवा शर्तसम्बन्धी विनियमावली, २०८० सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले जानकारी दिएकी छन्।