काठमाडौं। व्यवस्थापिका संसदको अर्थ समितिले बाढीले क्षति पुर्याएका आयोजनालाई राहत दिन सरकारलाई निर्देशन दिएको छ।
समितिको बिहीबार बसेको बैठकले नेपालको पूर्वी भागमा गत जेठ ३२ गतेदेखि असार २ गतेसम्म आएको अविरल वर्षा, बाढी र पहिरोका कारण क्षतिग्रस्त निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाहरूलाई राहत दिन सरकारलाई निर्देशन दिएको हो।
त्यस्ता आयोजनालाई विभिन्न प्रकारले राहत दिने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०८० पुस ३ गते निर्णय गरी सोही अनुसार गरेको सिफारिस कार्यान्वयन गर्न समितिले अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्डसहितका निकायलाई निर्देशन दिएको छ।
समितिको निर्देशन अनुसार प्रभावित आयोजनाहरुको मर्मत सम्भार गर्न आयात गर्नुपर्ने आवश्यक पार्टपुर्जा तथा उपकरणलाई १ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि करण पूर्ण रुपमा छुट दिई आयातको व्यवस्था तत्काल गरी ७ दिनभित्र प्रगति विवरण पेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।