काठमाडौं। साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौं उपत्यकामा २० वटा चार्जिङ स्टेसन निर्माण गरेको छ।
४० वटा विद्युतीय बस सञ्चालनको तयारीका लागि आवश्यक २० वटा चार्जिङ स्टेसन साझाको हाताभित्र निर्माण पूरा भएको हो।
चार्जिङ स्टेसन निर्माण भएसँगै अब चीनबाट आयात गरिएका ४० वटा बस सञ्चालनमा ल्याउन सकिने भएको छ। यस अघि चार्जिङ स्टेसनको अभावमा ती बस सञ्चालन हुन सकेका थिएनन्।