काठमाडौं। नेपालमा पहिलो पटक मोबाइल ईभी चार्जिङ स्टेसन निर्माण भइ सञ्चालनमा ल्याइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था युएसएडका कार्यबहाक मिसन डाइरेक्टर करेन्ट वेल्चलगायतले मंगलबार संयुक्त रुपमा चार्जिङ स्टेशनको शुभारम्भ गरेका हुन् ।
चार्जिङ स्टेसन युएसएड ऊर्जा नेपाल परियोजनाको सहयोगमा यात्री इनर्जीले निर्माण गरेको हो।
चार्जिङ स्टेसनको क्षमता ३० किलोवाट रहेको छ । यसलाई आवश्यकता अनुसार विभिन्न ठाउँमा लगेर विद्युतीय गाडी चार्ज गर्न सकिन्छ । यसले ब्याट्री सकिएर बाटोमा अलपत्र परेका गाडीलाई उद्दार गर्न पनि सहयोग पुग्ने ऊर्जा नेपालले जनाएको छ ।