काठमाडौं। नेपालगञ्जको रामलिला मैदाननजिक रहेको बाल मन्दिरको अत्याधुनिक भवन निर्माणकार्य सुरु भएको छ। ६ करोडको लागतमा तयार हुनेगरी छात्राबास सहितको विद्यालय निर्माण कार्य सुरु भएको हो।
६ करोड रुपियाँमा तीन तल्ले अत्याधुनिक भवन निर्माण गरिने भए पनि पहिलो चरणमा एक करोड ४५ लाख रुपियाँको लागतमा पहिलो तल्ला भवन निर्माण कार्य अघि बढेको हो । पहिलो तलाको निर्माण कार्य असारभित्र सम्पन्न गर्नेगरी हाल निर्माण कार्य भइरहेको छ ।
बाल मन्दिरमा हाल दुई सय जना विद्यार्थी अध्ययनरत छन् ।