काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा लगानी भित्र्याउन थप कानुन आवश्यक भए अध्यादेश समेत ल्याउने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लगानी भित्र्याउन आवश्यक परे अध्यादेश ल्याउने बताएका हुन्।
उनले निजी क्षेत्रले सरकारसँग काम गर्न गरेको सङ्कल्पको स्वागत गर्दै समृद्धिका लागि सरकार दृढ रहेको समेत बताए।
अर्थतन्त्रका आधारभूत सूचक सकारात्मक बन्दै गए पनि अर्थतन्त्रमा केही समस्या रहेको उनले स्वीकारका छन्। उनले भने, ‘यसपटक नीति तथा कार्यक्रममा जनप्रतिनिधि, निजी क्षेत्र र आम जनताका सुझाव समेटिने छन् त्यसका आधारमा बजेट बन्ने छ, परम्परागत सोच र कार्यशैलीबाट जनताका अपेक्षा पूरा गर्न गाह्रो छ, यसपटक यो समस्या समाधानमा लाग्नेछु।’