काठमाडौं। आगामी वैशाख १६ र १७ मा हुने तेस्रो लगानी सम्मेलनमा भारतीय लगानीकर्ता आकर्षित गर्न नयाँदिल्लीमा ‘इन्टस्ट्री मिट’ आयोजना गरिएको छ।
नयाँदिल्लीस्थित नेपाली दूतावास र पीएचडी चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा इन्डस्ट्री मिट गरिएको हो।
कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय व्यापारका लागि नेपाल प्राकृतिक रूपमै उपयुक्त गन्तव्य रहेको बताए।
नेपालमा लगानी भित्र्याउन सरकारले व्यापार कानुनदेखि प्रक्रिया सबै सरलीकरण गरिरहेको समेत उनले जानकारी दिए ।
त्यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलनमा भारतबाट बृहत सहभागिता हुने अपेक्षा रहेको बताए ।