काभ्रे। काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ मा बारीमा लगाएको आगोले खानेपानी आयोजनामा क्षति पुगेको छ। तर्किनटारका मैते तामाङले आफ्नो बारीमा लगाएको आगाले खानेपानी आयोजनामा समेत क्षति पुगेको हो।
उनलाई प्रहरीले पक्राउ गरेको छ। आगो नजिकैको जंगलमा पनि सल्किएको थियो।
आगो फैलिँदा काभ्रे खोला दोभान सोलारमुस खानेपानी तथा सिँचाइ परियोजनाको सोलारका तार, पाइप लगायतमा क्षति पुगेको थियो।