बागलुङ। एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबारदेखि बागलुङ बजारमा शुरु भएको १० औं जिल्ला अधिवेशनबात हिरा केसी दोस्रो कार्यकालका लागि सर्वसमत भएका हुन् ।
एमाले अध्यक्ष पदमा केसीको एकल उम्मेदवारी कामय भएको हो। अध्यक्षमा उमेद्वारी दर्ता गरेका नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पूर्व सदस्य हरिनारायण गौतमले उमेद्वारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन्।
एमाले बागलुङको उपाध्यक्षमा समेत विष्णु भुषाल सर्वसम्मत भएका छन् । सचिवमा गणेश थापा चयन भएका छन् ।