सिन्धुपाल्चोक। चौतारा अस्पताल पुनःनिर्माण भएको छ। चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनः निर्माण भएको हो।
सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति स्थानीय अन्यत्र जानुपर्ने बाध्यता हटेको छ।
भूकम्पले भग्नावशेषमा परिणत भएको अस्पताल भवन ६ करोड दश लाख चिनियाँ युआनमा निर्माण पूरा भएको ‘चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभर प्रजेक्ट इन नेपाल’ले जनाएको छ।