कैलाली। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो।
तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण भन्दै सेवाग्राहीसँग १ लाख २० हजार रुपैयाँ घुस लिएको पाइएपछि अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालञ्जको टोलीले पाललाई नियन्त्रणमा लिएको हो। उनीमाथि अनुसन्धान भइरहेको छ।