काठमाडौं। विरबास सब स्टेशनमा आगलागी भएको छ। शुक्रबार गुल्मी वितरण केन्द्रअन्तर्गतको विरबास सब स्टेशनमा आगोलागी भएको हो।
छेउमा रहेको वनमा लागेको आगो सबस्टेसन पसिरमा सल्किन पुग्दा आगलागी भएको केन्द्रले जनाएको छ।
स्थानीय नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, स्थानीयवासी तथा प्राधिकरणका कर्मचारीले आगो निभाएका छन्। आगालागीपछि गुल्मीका अधिकांश ठाउँमा विद्युत् लाइन अवरुद्ध भएको छ । आगलागीबाट सबस्टेशनमा रहेका धेरै उपकरण तथा सामग्री क्षति भए पनि हालसम्म क्षतिको विवरण यकिन गर्न नसकिएको केन्द्रले जनाएको छ।