कैलाली। टीकापुर नगरपालिका–७ को प्रशासनिक भवन निर्माण गरिएकाे छ। नगरप्रमुख रामलाल डगौरा थारुले शुक्रबार नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।
६८ लाख लागतमा निर्माण गरिएको भवनमा पाँच कोठाको छ।
नगरप्रमुख थारुले भवन उद्घाटन गर्दै नगरपालिकाले नगरमा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिने बताए।
उनले नगरवासीको सुविधाका निम्ति बाटो, भवन, पुललगायत संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत दमनसिंह अब सेवा प्रवाहमा सहजता हुने बताउँदै जनभावनाअनुसार जनप्रतिनिधि र कर्मचारीले नगरवासीको सेवा गर्ने विश्वास व्यक्त गरे।
।