काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो १ को खरिदर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। बेलायती पाउन्ड १ को खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ ।
त्यस्तै, अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८० निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १७ पैसा निर्धारण भएको छ ।