काठमाडौं। आगामी वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मलेनका लागि विभिन्न ५० देशबाट ३३५ लगानीकर्ता नेपाल आउने भएका छन्। लगानी बोर्डले १४ सय भन्दा बढी लगानीकर्तालाई निम्तो गरेको भएपनि हालसम्म ५० देशबाट नेपालीसहित ७७६ लगानीकर्ता सम्मेलनमा सहभागि हुने भएका हुन्।
सम्मेलनमा सहभागी ५२ देशका लगानीकर्ता हुन सक्ने भएपनि हालसम्म कन्फर्म गरेका चाँहि ५० देशका लगानीकर्ताले मात्रै भएको लगानी बोर्डले जानकारी दिएको छ।
सम्मेलनमा २४१ जना नेपाली मात्रै हुने छन्। नेपालमा विदेशी लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन सरकारले तेस्रो पटक सम्मेलन गर्न लागेको हो। सम्मेलनमा सबैभन्दा बढी विदेशी सहभागि चीनबाट २१५ लगानीकर्ता र भारतबाट ११३ लगानीकर्ता आउने भएका छन्।
सम्मेलनमा अमेरिकाबाट ३२ जना, जापानबाट २५ जना, वेलायतबाट १४ जना, बंगलादेशबाट १३ जना, संयुक्त अरब इमिरेट्स र जर्मनीबाट १०, १० जना आउने भएका छन्। अरु मुलुकबाट भने १ देखि ९ जना आउने छन। अधिकांश मुलुकबाट भने २ देखि ३ जना आउने कन्फर्म भएको लगानी बोर्डले जानकारी दिएको छ।