काठमाडौं। सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै अर्थ सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो।
पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए। केही दिन अघि मात्रै अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो।