काठमाडौं। नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले काठमाडौं महानगरपालिकालाई पूर्वाधा-र निर्माण तथा परामर्श सेवा दिने भएको छ। पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि काठमाडौं महानगरपालिका र नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडबीच सोमबार सहमति भएको हो।
महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
महानगरभित्रका पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि सार्वजनिक साझेदारी अवधारणा अनुरूप सहमति भएको बताइएको छ।
विभिन्न निर्माण तथा परामर्श, मर्मत सम्भार, आपतकालीन निर्माण, सडक तथा पुलसँग सम्बन्धित निर्माणरमर्मत, भवन निर्माण र पुनः निर्माण लगायतका काम सहमतिअनुसार गरिने समझदारीमा उल्लेख छ।