काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने निर्माण कम्पनीहरुलाई कालो सूचिमा राखेको छ। कार्यालयले पप्पु कन्स्ट्रक्सन प्रालि लगायत २९ वटा कम्पनीलाई कालो सूचिमा राखेको हो।
आज (मङ्गलवार) सूचना प्रकाशन गर्दै कार्यालयले कालो सूचिमा परेका २९ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो। कालो सूचिमा राखिएका निर्माण कम्पनी/आपुर्तिकर्ताहरुलाई देहायको समय अवधिभर सार्वजानिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख गरिएको छ। दुई वर्ष ६ महिनासम्म कालो सूचिमा राखिएको छ।
