काठमाडौं। लगानी बोर्डले ह्वासिन सिमेन्ट उद्योगकाे थप ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ। वैशाख १६ र १७ गते आयोजना गर्न लागिएको लगानी सम्मेलनअघि बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यतामा मंगलबार बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।
नेपाली साझेदारसहितको चिनियाँ लगानी रहेको उक्त उद्योगले २०७८ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । उद्योगमा हालसम्म १४ अर्ब रुपैयाँ लगानी भइसकेको छ । धादिङको पानीखर्कमा करिब ५०० रोपनी क्षेत्रफलमा उद्योग सञ्चालनमा रहेको छ ।