काठमाडौं। पर्सा बारा औद्योगिक करिडोरका २ सय १२ उद्योगमा टिओडी (टाइम अफ डे) मिटर जडान गरिएको छ। विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले उद्योगमा निःशुल्क मिटर जडान गरेको हो ।
प्रति मिटर करिब ७३ हजार रुपैयाँ लागत रहेको यो मिटरको उपयोगितालाई प्राथमिकतामा राखेर जडान गरेको केन्द्रले जनाएको छ।
मिटर जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै ती उद्योगले उपभोग
गरिरहेको विद्युत्को परिमाण यकिन गर्न सकिने बताइएको छ ।