काठमाडौं। गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा नेपाल टेलिकमका निलम्बिन प्रबन्ध निर्देशक सुनिल पौडेल कारागार चलान भएका छन्। विशेष अदालतले पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
अख्तियारले पौडेलविरुद्ध ९ वैशाखमा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । सरकारी सेवामा रहेको अवधिमा उनले आर्जन गरेको सम्पत्तिमध्ये २३ करोड ७५ लाखको स्रोत नखुलेको अख्तियारको दाबी थियो।
विशेष अदालतको आदेशपछि पौडेललाई डिल्लीबजार कारागारमा लगिएको नेपाल प्रहरी स्रोतले जनाएको छ। पौडेललाई नेशनल पेमेन्ट गेटवेको प्रणाली खरिदमा पनि विशेष अदालतले दोषी ठहर गरेको थियो ।