काठमाडौं। तेस्रो लगानी सम्मेलनमा भौतिक पूर्वाधार क्षेत्रका पाँच वटा परियोजना प्रस्तुत गरिने भएका छन्। सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजनामध्ये भौतिक पूर्वाधारका पाँच वटा परियोजना हुने भएका हुन्।
भौतिक पूर्वाधारअन्तर्गत काँच उत्पादन परियोजना, डाबर नेपाल प्रालि क्षमता विस्तार तथा उत्पादन विविधीकरण, ग्रीन हाइड्रोजन एण्ड अमोनिया प्लान्ट, सूर्यतारा सिमेन्ट उद्योग प्राइभेट लिमिटेड र कागज कारखाना परियोजना प्रस्तुत हुनेछन् ।