काठमाडौं। तेस्रो लगानी सम्मेलनमा शहरी विकासका ६ वटा परियोजना प्रस्तुत गरिने भएका छन्। सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजनामध्ये शहरी विकासका ६ वटा परियोजना हुने भएका हुन्।
शहरी विकास ६ परियोजनामा नयाँ सहर विकास परियोजना (इशान), अटो भिलेज परियोजना, पोखरा महानगरपालिका, लगनखेलमा भूमिगत पालिका बजार, बबरमहल प्रशासनिक प्लाजा, पश्चिम सेती टाउन प्लानिङ परियोजना र गोपी कृष्ण केन्द्रीय कम्प्लेक्स रहेका छन्।