फाइल तस्बिर
काठमाडौं। पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको साधारणसभा आज हुने भएको छ। चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आज (वैशाख १५ गते) साधारणसभा गर्ने निर्णय गरेको थियो।
कम्पनीको केन्द्रिय कार्यालय अनामनगर, काठमाडौंमा भौतिक उपस्थितिसँगै भर्चुअल माध्यमबाट समेत प्रतिनिधित्व हुन पाउने गरी कम्पनीले विहान ११ बजे विशेष साधारण सभा गर्न लागेको हो।
पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमार्फत आईपीओ निष्कासन गर्ने छ।