कास्की। बागलुङबाट पोखरा आउँदै गरेको बस शनिवार राति पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ।
ग १ ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ।
घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो।