काठमाडौं। तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै सम्मेलन सुरु भएको हो । दुई दिनसम्म चल्ने सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।
उद्घाटन कार्यक्रमलाई स्वागत गर्दै मन्त्री पुनले सम्मेलनमा धेरै आकर्षक परियोजनाहरु शोकेसमा राखिएको जानकारी दिए । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता रहेको छ ।