काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्।
लगानी सम्मेलनका अवसरमा विश्वका लगानीकर्ता नेपालमा भेला भएकै बेला राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन्।
ष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्दै संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको जानकारी दिएको छ।