काठमाडौं। सीईडीबी हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ। कम्पनीले सेयरधनीका लागि बोनस सेयर प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। साथै बोनस सेयरका लागि कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
सो प्रस्ताव पारित गर्नका लागि वैशाख ३१ गते साधारणसभा आह्वान गरेको छ। साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकहरुको निर्वाचन पनि गर्ने भएको छ।