काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लगानीको सुरक्षा प्रत्याभूतिका लागि नेपाल सधैं प्रतिवद्ध रहेको बताएका छन्।
लगानी सम्मेलनको समापन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लगानीका लागि नयाँ गन्तव्यका रुपमा नेपाल स्थापित भएको तथा लगानीको सुरक्षा प्रत्याभूतिका लागि नेपाल सधैं प्रतिवद्ध रहेको बताएका हुन्।
उनले भने, ‘निजी लगानीलाई प्रोत्साहन तथा सुरक्षाका प्रत्याभूति प्रदान गर्न हाम्रो दल प्रतिवद्ध छ। लगानीको वातावरणमा निरन्तर सुधार एवं व्यवसायको लागत कम गर्ने तथा प्रक्रियागत सरलीकरणका लागि मेरो नेतृत्वको सरकारले महत्वपूर्ण नीतिगत र कानुनी व्यवस्था गर्दै सुखी नेपाली, समृद्ध नेपाललाई गन्तव्य बनाएको थियो। निजी लगानीलाई प्रोत्साहन र संरक्षण गर्ने सवालमा महत्वपूर्ण पहलहरू हुँदै आएका छन्।’