काठमाडौं। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नीतिगत सुधारबारे लगानीकर्तालाई जानकारी दिन लगानी सम्मेलन कोशेढुङ्गा सावित भएको बताएका छन्।
लगानी सम्मेलनको समापन कार्यक्रममा बोल्दै श्रेष्ठले लगानी वातावरण बनाउन नेपालले गरेका नीतिगत सुधारबारे लगानीकर्तालाई जानकारी दिन र उनीहरुका सुझाव तथा प्रतिक्रिया लिन यो सम्मेलन कोशेढुङ्गा सावित भएको बताएका हुन्।
उनले सम्मेलनमार्फत् सरकार र प्रतिपक्ष दलबाट पनि नेपालमा लगानी वातावरण सुधारका लागि उच्च राजनीतिक प्रतिबद्धता प्राप्त भएको उल्लेख गर्दै नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न सफल भएको बताए ।
लगानीको समग्र पारस्थितिक प्रणालीमा सहजीकरण गर्न, लगानीको सुरक्षा प्रत्याभूति तथा सजिलै लगानीफिर्ता लैजाने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको श्रेष्ठको भनाइ छ।