काठमाडौं। वैदेशिक रोजगारीमा गएका नेपालीहरूको कमाइलाई उत्पादनमूलक क्षेत्रमा लगाउन एक सम्झौता गरिएको छ। जलविद्युत् क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी)बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सोमबार सम्पन्न लगानी सम्मेलन २०२४ का क्रममा ुरेमिट हाइड्रो’ आयोजनामा लगानी गर्न उक्त समझदारी भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको रोहवरमा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र एनसीसीका अध्यक्षहरूबीच सम्झौता भएको छ । यसमा कतार, युएई, बहराइन, जापान, ओमन, मलेसिया र इराकका एनसीसीहरूको संलग्नता रहेको छ ।