काठमाडौं। सिम्रिक एयरका पाइलट निलम्बनमा परेका छन्। नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका पाइलटलाई अनिश्चित कालका लागि उडानमा प्रतिबन्ध लगाएको हो।
प्राधिकरणले मंगलबार दिउँसो उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ मा अनधिकृत रूपमा प्रवेश गरेको भन्दै सिम्रिक एयरको पाइलटलाई कारबाही गरेको हो।
हवाई उडान तथा सुरक्षा सम्बन्धी प्रोटोकल कार्यान्वयन नभएपछि पाइलटमाथि कारबाही गरिएको प्राधिकरणले जानकारी दिएको छ।