काठमाडौं। कृति भेन्चर फण्ड लिमिटेडले जेठ ८ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले टिम कर्पोरेट सेन्टर, शक्ति विनायक मार्ग ,काठमाडौंमा अपरान्ह ४ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । बोनस शेयर जारी गर्ने प्रस्ताव गरिएको भएपनि कति भन्ने उल्लेख छैन् ।
साथै मर्जर तथा प्राप्ती प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १ गते बुक क्लोज गर्ने भएको छ ।