काठमाडौं। गरिमा विकास बैंकले टोयोटा ब्राण्डका गाडी खरिद गर्न आफ्ना ग्राहकलाई ऋण दिने भएको छ। ग्राहकलाई सवारी कर्जा सुविधा दिनका लागि बैंक र गाडी वितरक कम्पनीबीच सम्झौता भएको हो।
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरूलाई बैंकले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी बैंक र कम्पनी बीच सम्झौता भएको हो ।
ग्राहकले नयाँ टोयाटा गाडी खरिद गर्दा बैंकको आधार दरमा नै अधिकतममा १२ बर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्ने बैंकले जनाएको छ।