रुपन्देही। बुटवल उपमहानगरपालिकाले पालिकाभित्रका विद्यालयलाई दुई दिन बिदा दिएको छ। उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै उच्च गर्मीका कारण वैशाख २० र २१ गते विद्यालयहरु बन्द गर्ने जानकारी गराएको हो।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा केही दिनयता तातो हावा चल्न थालेकोले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले वैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको उल्लेख गरिएको छ।
विद्यालय बन्द भए पनि जारी कक्षा १२ को परीक्षा भने यथावत् रहने उपमहानगरको सूचनामा उल्लेख छ ।