काठमाडौं। नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले विकासका योजनाहरु समयमै सम्पन्न हुन नसक्नुको कारण समाधानका उपायहरु खोज्न आवश्यक रहेको बताएका छन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारले ठोस नीति र कार्यक्रम बनाउन नसक्दा विकासका योजनाहरु समयमै सम्पन्न नसकेको पनि बताए। अहिलेका राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै सम्पन्न हुन नसक्नुमा वन क्षेत्र लगायतका समस्या रहेको भएपनि कतिपय योजनाहरु निर्माण कम्पनीहरुको बद्मासीका कारण सम्पन्न नभएको उनको भनाइ थियो।
उनले अब कुनैपनि निर्माणका योजनाहरु समय भन्दा पर जाने कुराको अन्त्य हुन आवश्यक रहेको बताए।