काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा श्रीमणकुमार गौतम नियुक्त भएका छन्।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको समितिको अध्यक्षमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि समितिको अध्यक्षमा कांशीराज दाहाल थिए । कार्यकाल सकिएपछि उनले एक महिनाअघि अवकाश पाइसकेका छन् ।