काठमाडौं। तीन वटै सरकारले समन्वय गरेर आगलागीका घटना न्यूनीकरण गरिने भएको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर आगलागीका घटनाको न्यूनीकरण गर्ने निर्णय गरेको हो।
देशभर आगलागीका घटना बढीरहेकाले यसलाई न्यूनीकरण गर्नुपर्ने आवश्यकता महसुस गरी उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्।